सुमन राई
म सन २००३ को डिसेम्बरमा कोरिया प्रबेस गरेको थिय, कती छिटो बितेछ थाहै नपाई साँढे पाँच बर्ष । हुनत मैले नेपालबाट कोरिया प्रबेस गर्दानै भनेको थिएँ कोरियामा मेरो बसाइ पाँच बर्षको हो भनेर । हुनपनी संयोगबस तेस्तै भयो , किनभने कोरियामा मेरो भिसा नै तिनबर्षको मात्र भयो बाँकी दुई बर्ष संयोगबस गैरकानुनिरुपमा भएपनी सफल रुपमा रहन सकें। मुख्य गरेर मैले कोरिया प्रबेस गर्नको लक्ष तिनओटा लिएको थिएँ। पहिलो त आर्थिक उपार्जन नै हो धेर थोर कमाउनु पर्ने रहेछ जिबन चलाऊनलाई । आर्थिक पक्षले पनि महत्वपूर्ण भूमिका खेल्छ जिबनमा । दोस्रो म जस्तो निम्न अर्थिक अवस्थाको नागरिकले बिदेसको यात्राको लक्ष सोच बहिरको कुराथियो। तेसैले यो मेरो कोरियाको बसाई आफुलाई सफल यात्रिको रुपमा पनि लिएको छु । किनभने म एउटा पूर्ण यात्री हुँ कोरिया देशको लागि । केही दिनको लागि यात्रा गर्ने यात्रिले पूर्ण यात्रा गर्न सम्भब हुँदैन । तेस्रो म कुनै पनि नयाँ नयाँ कुराहरु जान्न चाहने रुची भएको
ले मलाई कोरियाले धेरै कुराहरु जान्ने अबसर प्रदान गर्यो ,धेरै कुराहरु सिकें ,प्रबासी बसाइको अनुभब, कोरियाको भाषा ,सस्कृती रहन सहन ,चालचलन ,प्रबासी हुनुको पिडा ,देस प्रेमको भावना जती नेपालमा हुँदा हुन्छ प्रबासमा हुँदा अझ धेरै हुदो रहेछ यो मेरो लागि शिक्षा पनि भयो । यो नै मेरो लक्षहरु पुरागरेर पुरा सन्तुस्टकासाथ आज म जन्मभूमिलाई सेवा गर्न फर्कदै छु ।
के गर्ने जीबनमा धेरै पिडाहरु भोगियो मैले एकचोटि त मंच मै पनि भनेको थिय मेरो बाबा कोरिया प्रबेस गरेको दिन स्वर्गबास हुनुभएको थियो । मैले आज सम्म पनि बाबाको समाधिमा स्रद्दाको फूल चढाउन पाएको छैन ,यो साल अबस्य पनि स्रद्दाको फूल लिएर बाबाको समाधिमा पुग्ने छु अनी बाबाको बाँकी सपना पुरा गर्ने कसम खाने छु । तपाईंहरुलाई थाहानै छ आमाको माया कती हुन्छ भनेर तर केगर्ने त्यो अब्सरबाट पनि म बन्चित थिए किन भने म तीन बर्षको हुँदा आमाले पनि स्वर्गबास प्रस्थान हुनुभएको थियो । संयोग भनौ कि प्रकितिको खेल भनौ मेरो जिबनमा यस्तै यस्तै दु:खले पछ्याइ रहेको छ ,उही “मुटु माथि ढुङ्गा राखी हास्नु पर्या छ” भने जस्तै भएको छ मेरो जिबन । हुनत अरु नेपाली साथीहरुलाई पनि मेरो जस्तो दु:ख भएको हुन सक्छ । सोक लाई सक्तिमा बदलौ भनेर म पनि आज सम्म कोरिया बसें तपाईंहरुलाई पनि परेमा तेसै गर्नुहोला ।
धेरै साथीहरुले मलाई तपाईं दस बार बर्ष बस्नु भएको हो भनुहुन्छ तर म पाँच बर्ष सात महिनाको कोरिया बसाई सकेरे फर्कदै छु । धेरै बस्ने साथीहरुको लागि थोरै हो र नयाँ आउने साथीहरुकोलागी धेरै पनि हो । धेरै भन्ने कि थोरै सायद ठिकै बसेहोला । यही बसाइले मलाई मूलुक बाहिरको सानो नेपाल जान्ने मौका पनि पाएँ । पूर्व मेची देखी पश्चिम महाकाली सम्मको नेपाली साथीहरुसँग सँगै बसेर दु:ख सुखमा हात्तेमालो गर्ने अबसर पनि मिल्यो । दु:खमा सँगै रुयौ त सुखमा सँगै रमायौ । यो नेपालीको पहिचान पनि हो । मेरो जीबनमा बिर्सनै नसकिने कोरियाको सम्झ्नहरु छ , जस्लाई जीबन् भरी सजाएर राख्ने छु । धेरै साथीहरुले सम्झिनु भएको छ नदेखेसम्म कोहोकोहो देखेपछी माया मोहो भने जस्तै होला सँगै बसियो सँगै काम गरियो मलाई पनि सम्झीरहनु होला । म जानेबेला सबैलाई फोन गर्न पनि सकिन एक एक जना गरेर भेट्न पनि सकिन ,हिड्दै जादा भुल पनि भएहोलान तेसप्रती क्षमा चाहान्छु । सबैलाई बिदा माग्न नसकेकोमा यही मेरो बिदाई लेखको सब्दहरु मार्फत बिदा माग्न चाहन्छु ।
प्रबासको भुमिमा बसेर उज्जल भबिस्यको निर्माणमा लागिरहनु भएको छ ,उत्तरोत्तर प्रगतिको कामना छ , श्वासथ रहनु होला । लामो समय बसेर नेपाललाई बिर्सने काम नगर्नुहोला । तपाईं जहाँ रहेपनी प्रकृतिले बनाएको सुन्दर राष्ट्र नेपाललाई मायागरिरहनु होला , चाहे लामो समय किन नहोस् या छोटो समयनै किन नहोस् नेपालीहरु पारिश्रमिक हुन्छन, मेहेनती र इमान्दारी पनि हुन्छन भन्ने छाप छोड्न बिदेसी सामु सफल रहनुहुने छ भन्नेमा म पूर्ण बीश्वास्त छु । बिदेसमा गैर कानुनी रुपमा बसेपनी नेपालमा रेमिटेन्स त भित्रियको नै छ गैर कानुनिरुपमा बस्नु नेपालीको रहर नभएर बाध्यता भएको छ । गैर कानुनी रुपमा बसेकोलाई समाएर नेपाल फर्काएको सवालमा नेपाल सरकारको प्रशासनले हनुमान ढोका लगेर २४ घण्टा थुन्ने जरिबाना गर्ने गरेकोप्रती पनि म नेपालगएर सामान्य नागरिक सरह गरिने ब्याबहार को लागि सक्दो पहल गर्ने छु ।
अन्तमा म प्रती दर्साउनु भएको माया, सद्भभाब र सम्मानले मलाई नयाँ नेपाल बनाउने देशको जिम्मेवारी अझ बढी बढेको छ भन्ने महसुस गरेको छु । यहाँहरुले दिएको सम्मान पत्रले आगामी जिबनमा सहिबाटोमा हिडिरहने प्रेरणाको स्रोत हुनेछ ,यहाँहरुले ओढाएको खादा अजम्बरिको बुटी हुने छ मेरो जीबनमा र मायाले भरिएको उपहार सम्झनाको कोसेली लिएर जादै छु ——–बाई बाई नमस्ते ।
सुमन राई
चिउरीडाँडा-१ खोटाङ

















kaam chhaina buda nepal maa ayerata,barshama 8 mahina ko banda hadtaal ra chakka jaam maa fasdaa ra nepalko charko mahangi chuliyeko pida vogda matra thahahunchha,ani kasari nepal banaune ho ki feri khadi muluk tira tuppi thado parera vagne ho nepal chhire pachhinai thahunchha.lau lau tapaiko desvakti le des ukali lagos,jaya bidesh.