Namaste Khotang khabardaaree Mahabharat

Online Photos

Musée refletsIMG_5502IMG_1020_MG_2437img018_MG_51362011 Ford GT500 badgeThailand2009 335IMG_6932P1040071

सहयोगको अपिल

साझा चौतारीको रुपमा सन्चालित यो वेबसाईटलाई आर्थिक रुपमा पनी निम्न किसिमले सहयोग गर्नुहोस । १ बिज्ञापन दिएर २ बधाई तथा शुभकामना दिएर ३ अपिल वा सुचना प्रकाशन गराएर ४ सुचनामुलक कुराहरु निशुल्क उपलब्ध गराएर -अग्रिम आभारीका साथ www.khotang.org

Archives

‘नाङ्गी’ द्रौपति

             -दिपा एवाई राई, हङकङ

Deepa Rai
Deepa Rai

-नाङ्गी द्रौपति
आलिशान त्यस महलको
भव्य कुर्सीमा विराजमान
महाराज धृतराष्ट्रलाई
यो द्रौपतिको प्रणाम ।

जंगल र तालहरूमा
गोपीनी नङ्गाउने
कृष्णले भारी सभामा मेरो
वस्त्र हरण हुन दिएन
आज आफै
-अस्तित्वको लागि
-अधिकारको लागि
-न्यायको लागि
-कृष्णवादको विरुद्धमा
-दुस्साहसनवादको विरुद्धमा
-मनुवादको विरुद्धमा
सुलीमा चढेर
नाङ्गिन चाहान्छु
र भारी सभालाई चुनौति दिँदै
नाङ्गिन्दै सडकमा
प्रदर्शित हुन चाहान्छु

दुस्सासनले मलाई नङ्गाएन
यो सय गजको धोती र पेटीकोटले
मलाई पुराणदेखि
आज सम्म बटारिरहेको छ
-स्वतन्त्रता
-अस्तित्व
-अधिकार
-समानता
मेरा सबै सबै
जीवनका मूल्यवान समय
त्यसैले स्वंय
यस महामानवहरूको सभामा
उपस्थित भएर
विद्रोह गर्न चाहान्छु
-योद्धा -राजनीतिज्ञ
-समाजसेवी
-साहित्यकार
-दार्शनिक
-पत्रकार
-आम जनता
सबै सबैको बीचमा
म द्रौपति तुरुन्तै
मेरो स्वच्छन्दताको
सीमारेखासम्म नाङ्गिन चाहान्छु

मेरो वस्त्र हरणको समयमा
-युधिष्ठिरको सत्यवादी आत्मा
-विदुरको मौन नीति
-धृतराष्ट्रको पुत्र मोह
-भीष्मको प्रतिज्ञा
-द्रोणको गुरुचरित्र
-गान्धारीको पति प्रतिज्ञा
-दुर्योधनको अभिमान
र सकुनी मामाको षडयन्त्र
रसपादनको अट्टाहास
सबै सबैलाई
हृदयदेखी धन्यवाद छ
मेरो अस्तित्वको कवज
मेरा पाण्डव पतिहरु
मलाई नै दाउमा राखेर
आफ्नो पुरुषार्थ
सिद्ध गरिरहेको बेला
स्वयं म महाभारतको
यस सभामा खडा भई
नाङ्गिएर ढुक्क हुन
र बनाउन चाहान्छु
कौरवहरुको प्यासी
लोभ र स्वाभिमानको अगाडि
कहिले नखोलिएको
मेरो नग्नताको पर्दा खोल्न चाहान्छु

अपुरो वस्त्र हरणले
म निस्सासिएकी थिए
र वस्त्रले बेरेर मलाई
बलात्कार गरिएको थियो
योनीछेद गरिएको थियो
जताततैबाट लैङ्गिक आक्रमण गरिएको थियो
म वस्त्रभित्र कुञ्जिएकी
निरीहताले जलेर राख भएकी
अपमानबोधले ‘सती’
यतिखेर आगोमा दनदनी बलिरहेकी छु

औ गान्धारीहरू
आँखा खोलेर हेर
म कसरी ‘दक्षप्रजापति’को अघि
जलिरहेकी छु
आँखामा कहिलेसम्म
धृतराष्ट्र बोकेर हिँड्छौ
कहिले सम्म विवेकमा
ठेडी कोचेर बस्छौ
मेरो विप्लब सुन्यौ होला
यहाँ उपस्थित सबै सबैलाई
म नाङ्गिएर प्रणाम गर्दछु !!!
-नाङ्गी द्रौपति

8 comments to ‘नाङ्गी’ द्रौपति

  • biswokajee rai

    excellent poem!
    keep it up
    please upload more in future.

    many thanks’

  • हैनहो दीपा एवाइ जी, तपाईंलाई के अन्याय भयो यतिसारो? कस्तो रन्किएर काली देवी,दुर्गा भवानी झै महिशाशूर को बध गर्न आतेझै गरी सारी साह्रै रिसाएर पो कबिता मार्फत नाङिनु चाहनुभो त्यो पनि महाभारत लाई नै साधन माध्यम बनएर। के भयो त्यस्तो सारो आक्रामक र मर्मभेदी कबिता लेख्नु पर्ने? के यच के मा तेत्तिसरो कुन्ठित हुँदै नङिनु पर्दैन। महाभारत पर्बको सच्चा स्त्री द्रौपदी बन्न लाई नेपाल भूमी पवित्रछिन। यहाँ थुप्रै युधिस्ठिर हरु द्रौपदी लाई सत्मार्ग देखाउन र अङाल्न सम्हाल्न तयार छन जब द्रौपदी नाङ्गिन्छिन तब आफ्नो ज्यानको बाजी थापेर उन्को इज्जत बाचाउने अर्जुन भिम हरुछन। तर जे होस् तपाईंको लेखन कला देखेर अरुले के बुझे र सोछे तर मैले चै तीन चकित खाए,तपाइ जस्तो होनहार कबयित्री यच के मा यसरी कुन्ठित र पीडित जिन्दगी मा फस्नु भकोहोकी? कुनै जन्जीर मा कैद हुनुभको होकी जस्तो लागेर टिठ इर्श्या पनि लाग्यो। जे होस् तपाईंको कबिताको मर्म ज्यादै आलङ्कारीक र अर्थ पूर्ण छ। म तपाईंको सम्मान गर्दछु। तपाईंको कबिता र लेखाइ सैलिको बर्णन तथा बिश्लेशन गर्ने शब्द अनी भाब भेटिन। म साच्चिकै अती भन्दा अतिनै प्रभाबित भए तपाको कबिता द्वारा। आगामी दिन्हरुमा फेरी फेरी एस्तै रसपूर्ण गहिरो भाब भङ्गिमा शाहीतको कबिता पढ्न पाउ। लेखी रहनोस लेखिरहनोस।
    most fascinated by your heart touching n much ironical poem. (thotre25@yahoo.com)

  • Dear Deepa ji,
    i love it your poem it was very very nice but i just want ask that are you in any prob.or just your talent

    Regards
    Hira karki
    mob:0091.9765391918
    Email id :hirakarki27@yahoo.com
    khotang add.vdc bahunidanda kaduwa 3
    now : pune india

  • दीपा जी महाभारतको एक पीडित पात्रलाई अघी सारेर जुन बिचार पोख्नु भयको छ, त्यो बिचार ले कबितालाई ज्यादै गहकिलो पारेको छ । कवितामा रहेका विम्बहरु लोभ लाग्दो छ । पढ्नको लागि रोचक छ । यस्तै कविताहरु सिर्जना गर्दै जानुहोस् भन्ने शुभकामना छ ।

  • दिपा जि किन हजुर्को जिवनमा यस्तो के भोयो र हजुर्ले यसरि रन्किएर कबिता मार्फत मनका भवनाहरुले आभिब्याक्त गर्नु भो हामि लै पनि बड्न मिल्छ भने मलाई सम्पर्क गर्न सक्नु हुन्छ ।
    minesh_ganga@yahoo.com
    DOha qatar

  • deepa ji hajur ta dherai ni lucky hunu hudo rahe6 ki droupati ko ak sano sabda bat ni aafno manko pida haru ta pokhnu bhayo kati sajilai sag , tar jo pandab haru pida ta kasari pokhanna sakchani ra kaslai pokhun kohi ni thiyan pandab ko man ko byatha bujhne kebal basudeb bahek , droupati ta aaf no pida ra byatha ta pandav lai sunauthe ta bichara pandav , bastab ma bhanne ho bhanne yo sabai ni drou pati ko karan ni bat bhaya ko ho kina ni tyo sab ni drou pati ko chaha nale garda bhaya ko ho saary la nex time ma bhanne chu pida mero mail ho rai_kebal@yahoo.com ma contect garnu la

  • hi deepa jee नमस्कार..
    तपैको kabita मलाई धेरै धेरै राम्रो लाग्यो
    keep it up very nice poem.
    योगेन्द्र गिरी
    धुपू १ लेब्रंग
    पागल बस्ती
    संखुवासभा
    नेपाल
    हाल- नीलाई मलयेशिया
    email- yogendra.yogen@yahoo.com
    सम्पर्क नो ; ०१६९६९१६७६

  • अर्जुन

    हस्तिनापुरको ईज्यतको धरोहर
    मेरी द्रौपती, हाम्री पान्चाली
    अन्तरात्मा देखिको माया
    यो विवस अर्जुनको

    क्षेत्रिय धर्मको नाममा
    धर्मात्मा ठानिएको दाजु युधिस्टिरको
    पासाको च्याखेमा थापिएर
    हराईएको भएपछी
    म जति बिब्हल भएको थिए
    त्यो भन्दा बिक्षिप्त तिमिलाई
    गुमाउनु पर्दा भएको थिएँ ।

    मेरो गाण्डिब धनु उठाउने शक्ती
    धर्म र नियम मान्छु भन्ने
    आफ्नै बाचाको बसमा परेको थियो
    म धिक्कार धिक्कार थिए,
    तिम्रो त्यो बेहाल हेर्न नसकेर
    मेरो शरिर भासिएको थियो
    जमिनमुनी,
    हंस उडेको थियो
    हावासरी
    त्यहाँ थियो त केबल
    मेरा बिबसता र आबेगका ज्वालाहरु ।

    प्रिय पान्चाली,
    देख्यो होला भन्ने लाग्छ
    मेरो निरिह प्रयत्‍न पनि
    मामा सकुनिको झ्याको झार्न
    बडा ध्रतराष्ट्रको पुत्रमोह तोड्न
    भ्राता दुर्योधनको अभिमान तोड्न
    तर प्यारी द्रौपती
    उही बाचाको कुरा
    अनी हारेर हिड्न नहुने
    क्षेत्रिय धर्मको कुरा र
    मेरो गाण्डिब धनुलाई
    धिक्कार छ,
    भाई र श्रीमतीलाई च्याखे थापिने धर्म
    मलाई धिक्कार छ
    यस्तो खेल खेल्ने टिममा रहेकोमा ।

    मेरी पान्चाली,
    तिम्रो बस्त्र हरणमा
    गंगाको पानी रोकिएकोछ
    पवनले गती रोकेकोछ
    यो अलिसान महलको गजुरहरु
    शिरनत भएकोछ
    मेरो सारथी
    श्रीकृष्णले तिम्रो लाज छोपे पनी
    हाम्रो समाज त नाङ्गि सकेकोछ
    ताल र जंगलमा गोपिनिहरुलाई
    स्वयं कृष्णले नै नंङ्ग्याए पछी
    तिम्रो मात्र लाज छोपिनुको के अर्थ
    गोपिनीहरु त नांङ्गिएकै छ नी ।

    मेरी, द्रोपती ह्रदयकि रानी
    तिम्रो बश्रहरण भए पनी
    तिमी नाङ्गिएकी छैनौ
    नाङ्गिएकै भए पनी
    तिमी मात्र कहाँ नाङ्गिएकी छ्यौ र ?
    बास्तविक नाङ्गिएको छ त
    स्वयं सकुनी र दुसाशन
    गुरु द्रोणाचार्य, पितामह र राजगुरु
    हस्तिनापुर नाङगिएको छ र
    नाङ्गिएकोछ स्वयं महाराज धृतराष्ट्र ।
    तर अन्धो ध्रुतराष्ट्र चर्म चक्षुको मात्र अन्धो होईन
    विबेकको आँखमा पुत्रमोहको पर्दा लागेकोछ
    कस्तो हुन्छ नग्नता महसुस गर्दैन
    तेसैले यो तमासाको साक्षि मात्र बनि दिन्छ
    केहि गर्दैन ।

    मनलाई अलि ढाडस देउ द्रौपती
    मनलाई बुझाउ
    किनकी
    जिउँदै छन
    दुसाशनको खुन पिउने र
    दुर्योधनको जांध काट्ने भिमहरु
    मैबाट मारिन्छन
    तिमिलाई अपहरण गर्न खोज्ने जरासन्धहरु
    सावधान सकुनी र दुर्योधनहरु !
    होसियार जरासन्धहरु !

Leave a Reply

 

 

 

You can use these HTML tags

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>