दमन राई/खोटाङ-१० साउन-यातायात व्यावसायीसंघ खोटाङका कर्मचारीमाथि तरबार प्रहार गर्ने दुइ जना पक्राउ परेका छन् ।संघका कर्मचारी सुवास राईमाथि तरबार प्रहार गरेको आरोपमा प्रहरीले वुइपा-१ का उमेश राई र याम्खा-५ का किशोर राईलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरीको गस्ती टोलिले खाल्लेस्थित सभाषद अर्जुन राईको घरबाट उनीहरुलाई पक्राउ गरेको प्रहरी सहायक निरिक्षक भोजराज रखालले बताउनुभयो ।
राईद्धय गत शनिबार बेलुकी दिक्तेल २ स्थित दर्ुगा मिर्ठाईपसल अगाडिसुवासलाई तरवार प्रहार गरी फरार भएका थिए । तरवार प्रहारबाट गम्भीर र्घाईते दिक्तेल-८ सोल्माका २८ वषिर्य राईको जिल्ला अस्पताल दिक्तेलमा उपचार हुन नसकेपछि उपचारका लागि आज काठमाडौ लगिएको छ ।






Recent Comments