Namaste Khotang khabardaaree Mahabharat

नवोदित साहित्यिक वाचनालय कतार र बिसे नगर्ची माथि राजनैतिक हस्तक्षेप -हिक्मत गौतम”विरोधी”

“भाषाको उत्थान नेपालीको पहिचानू”भन्ने नाराको साथ स्थापना भएको नवोदित साहित्यिक वाचनालय कतार माथि एमाले निकट लोकतान्त्रिक मंच कतारले फोहोरी राजनितिक खेल खेलेको छ । वाचनालयको दोस्रो अधिवेशन यहि १५ जुलाई २०१० टफफर्म रेष्टुरेण्टमा साँझ ८।३० बजेबाट सुरु भएको थियो । कार्य समितिको सहमतिमा दुई पटक संस्थाका सदस्य ईश्वर दाहाल कविज्यूले बहुमत पाएको र अर्का अध्यक्षका दाबेदार लोकतान्त्रिक मंचका केन्द्रिय सदस्य वाचनालयका द्धितीय उपाध्यक्ष नवराज विकलाई संस्थाका दुई जनाले मात्र मत दिईएको थियो ।

आफ्नै संस्थामा अविश्वास र अलोपि्रय ठानिएका नवराज विकले लोकतान्त्रिक मंचमा पटक पटक अध्यक्ष बनाई दिन आग्रह गरेको पुष्टि भएको छ । त्यसै आग्रहलाई पालना गर्न लोकतान्त्रिक मंचका सम्पूर्ण पदाधिकारीहरु र सदस्यहरु अधिवेशन हलमा प्रत्यक्ष उपस्थित् भई सदस्यताको फर्म भरेका थिए । तत्कालै ८० जनाले सदस्यता लिएर बन्द सेसनमा भाग लिएका थिए । मंचको तर्फबाट चाणक्य पोखरेल पूर्ण केसी लगायतका कार्यकर्ताहरुले उमेद्धार फर्म भर्न सबैलाई आव्हान गरि रहेका थिए । बन्द सेसनको बेला पनि बाचनालयका सचिव तथा कार्यवाहक महासचिब तीर्थ संगम राई र कार्य बाहक अध्यक्ष भोजराज दाहालले सबै समितिका पदाधिकारीहरुबाट एक पटक अध्यक्ष पदको लागि मत लिएका थिए । ईश्वर दाहालको फेरी पनि बहुमत पाएको थियो तर नवराज विकले चुनावको लागि आवेदन दिए पछि सबै वाचनालयका कार्यकारिणीहरुले चुनावको बहिस्कार गरे । जम्मा ३ जनाको मात्र नाम दर्तामा आए पछि निर्वाचन आयोगले उमेद्वारीको लागि पुनः समय थपेको थियो । निश्चित समय सम्म नवोदितका कुनै सदस्यहरुको नाम नआए पछि मंचका तर्फबाट कार्यकर्ताहरुलाई समाउदै यो पद र त्यो पदमा बस भन्दै पैसा हाल्दै पद पुर्ति गरिएको थियो । त्यति गर्दा पनि सचिव र सहकोषाध्यक्ष गरि ६ वटा पद रिक्त नै रहेको छ ।

१६ जुलाई २०१० शुक्रबारका दिन नेपालबाट आउनु भएका यो दशककै चर्चित युवा कवि श्रवण मुकारुङको एकल काव्य वाचन र वाचनालयद्धारा संचालित मोवाईल पुस्तकालको बार्षिकी गरि बिभिन्न अन्य कार्यक्रम रहेको थियो । कार्यक्रमका संचालक तथा संस्थाका निवर्तमान सचिब तीर्थ संगम राई सग सोधिएको प्रश्नमा वहाँले कार्यक्रम असफल रहेको जानकारी दिनु भयो । नेपालबाट जुन उदेश्यले कविलाई ल्याईएको थियो त्यसको पुरा उपयोग हामीले गर्न सकेनौ । जम्मा ८०० प्रति टिकट बिक्री गरिएको थियो तर सबै फिर्ता आए । अधिवेशनमा २५० जना भेला भएको थियो भने आजको कार्यक्रममा मरितरी २०० जना उपस्थित् देखिन सकिन्थ्यो । अर्को कुरा २५ भन्दा धेरै अतिथिहरुलाई बोलाईएका थिए । तर १० जना पनि आउनु भएको थिएन त्यसमा ५ जना त मंचका पदाधिकारी नै थिए । यो सवको कारण साहित्यिक संस्थाका भएको लोकतान्त्रिक मंचको ठाडो हस्तक्षेपको कारण हो । अब नवोदितको भविस्य कता जाने हो अन्योल पुर्ण छ । सुन्नमा आएको छ । अध्यक्ष नवराज विक वाचनालयका सकि्रय सदस्यहरु सग क्षमा माग्दै संस्थामा आवद्ध हुन आग्रह गरिरहेका छन् । तर सबै जनाको एउटै सुझाव छ की राजिनाम दिएर नैतिक आधारमा आम माफि मागेर सबैलाई समेटेर गए मात्र बाचनालयमा आवद्ध हुने नत्र स्वतन्त्र साहित्यकार भएर सिर्जनामा तल्लिन हुने । संस्मरण रहोस अहिलेको कार्य समिति भन्दा बाहिर चुनाव बहिस्कार गर्नेहरुमा कार्यबाहक अध्यक्ष भोजराज दाहाल कार्यबाहक महासचिव तीर्थ संगम राई कार्यबाहक मोवाईल पुस्तकालय संयोजक ईश्वर दाहाल सदस्य तथा मोबाईलय पुस्तकालय कोषाध्यक्ष राजेश्वर ढकाल सदस्यहरु महेश्वर नेपाल, प्रेम लामा, ज्ञानेन्द्र अंगाई ,जगतराम बर्देवा ूघायलू ,चर्चित ढुङ्गेल गरि एक दर्जन भन्दा धेरै पुरानो कार्य समितिका पदाधिकारीहरु छन् ।

Leave a Reply

 

 

 

You can use these HTML tags

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>