Namaste Khotang khabardaaree Mahabharat

दैविक प्रकोप समिति खोटाङद्धारा उद्धारका सामाग्री खरिद

दमन र्राई/खोटाङ-साउन-६, बषर्ासंगै आईपर्ने प्राकृतिक प्रकोप न्युनिकरणका लागि दैविक प्रकोप समिति खोटाङले विभिन्न उद्धारका सामाग्री खरिद गरेको छ । सम्भाबित बाढी, पहिरोजस्ता प्राकृतिक प्रकोपको जोखिमबाट पिडितको उद्धारकालागि समितिले २० वटा फोरुवा, २० वटा कोदाली, १२ सय मिटर डोरी, २० वटा गमबुट, ८ वटा खुकुरी, ८ वटा बाल्टी र ४ वटा बञ्चरो खरिद गरेको हो । खरिद गरिएको उद्धार सामाग्री जिल्लाका चिसापानी शसस्त्र प्रहरी बेस क्याम्प चिसापानी, हलेसी इलाका प्रहरी चौकी हलेसी, बाक्सिला इलाका प्रहरी चौकी बाक्सिला र जिल्ला प्रहरी कार्यालय दिक्तेलमा राखिने समितिले जनाएको छ । समितिले प्राकृतिक प्रकोप र यसका जोखिमकाबारेमा जानकारी दिनकालागि चौबीसै घण्टा १०० नम्बरको हट लाइन खुल्ला गरिएको प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले बताउनुभयो । समितिले बषर्ामा निम्तिने प्रकोपको जोखिम न्युनिकरणका लागि हातेमालो गर्न सबैलाई आग्रह गरेको छ ।

Leave a Reply

 

 

 

You can use these HTML tags

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>