Namaste Khotang khabardaaree Mahabharat

प्रजिअद्वारा पत्रकारहरूलाई क्यामेरा निषेध

दमन र्राई/खोटाङ-२ साउन-जिल्ला प्रशासन कार्यालय खोटाङका प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले आफ्नो कार्यकक्षमा पत्रकारहरूलाई क्यामेरा लैजानबाट बन्चित गराएका छन् । पत्रकारहरूले आफु बिरुद्ध अमर्यादित समाचार सम्प्रेषण गरेकाले कार्यकक्षभित्र क्यामेरा लानबाट बन्चित गरिएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले आज आफ्नो कार्यकक्षमा जथाभावि फोटो खिच्नका साथै आफ्नो छविमा आँच आउने समाचार सम्प्रेषण गरेकाले क्यामेरा ल्याउन बन्चित गराइएको बताउनु भयो । समाचार संकलनमा गएका कान्तिपुर संवाददाता डम्बरसिं र्राई, एभिन्यूज टेलीभिजन संवाददाता हरिबोल आचार्य र गोरखापत्र दैनिकका संवाददाता डिएम चाम्लिङको क्यामेरा प्रमुख जिल्ला अधिकारीको सुरक्षार्थ खटिएका प्रहरीले रोकेका थिए । यसबारे कुरा गर्दा फेरी बसेर कुरा गर्नु पर्ने प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनु भयो । यसैबीच, प्रमुख जिल्ला अधिकारीको व्यवहारप्रति नेपाल पत्रकार महासंघ खोटाङ शाखाले आपत्ति जनाएको छ । पत्रकारहरूको सूचना पाउने अधिकार प्रमुख जिल्ला अधिकारीबाटै कुन्ठित भएको औल्याउदै व्यवहार तत्काल सच्याउन महासंघले आग्रह गरेको छ । महासंघका अध्यक्ष डम्बर हम्रुङद्धारा हस्ताक्षरित विज्ञप्तीमा यस्तो जनाईएको हो । दर्ुइ हप्ता अगाडि विभिन्न सञ्चार माध्यमहरुमा प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी जिल्लामा नरहेको समाचार सम्प्रेषण भएकोप्रति प्रमुख जिल्ला अधिकारी आचार्यले आक्रोश व्यक्त गर्नु भयो ।

Leave a Reply

 

 

 

You can use these HTML tags

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>