दमन र्राई/खोटाङ-साउन-३, भारी बर्षछि आएको पहिरोले बगाएर खोटाङमा एक बेपत्ता भएका छन् । जिल्लाको दक्षिणी गाविस सुन्तले-४ स्थित चेकथुममा गएको पहिरोमा परी उदयपुर सुन्दरपुर-९ का ४९ वषर्ीय नन्दलाल घले बेपत्ता भएको हो ।
उदयपुरबाट सुन्तलेस्थित ससुराली आएका घले बाख्रा चराउन जंगल गएकोबेला पहिरोले बगाएको प्रहरीले जनाएको छ । बेपत्ता घलेलाई पहिरोबाट निकाल्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यलय खोटाङका प्रहरी नायव उपरीक्षक टेकबहादुर तामाङले बताउनुभयो । हिजो बेलुका गएको पहिरोले बगाएर घलेलाई १५० मिटर तल झारेको प्रत्यक्षदर्शीको भनाई छ ।






Recent Comments