लिमन्द्र राई/दोहा कतार-“प्रवासको पसिना स्वदेशको साकार सपना” भन्ने मुल नाराका साथ गत शुक्रवार जुलाई १६ तारिकका दिन खोटाङ्ग सेवा समाज शाखा -एकीकृत) दोहा कतारको प्रथम अधिवेशन तथा संस्था द्धारा प्रकाशित मुखपत्र “सन्देश” वर्ष ६ अंक ६ को विमोचन दोहा स्थित “इण्डो अरविक क्लवको” सभा हलमा भव्यताका साथ सम्पन्न गरेको छ । खोटाङ्गका तिन अलग अलग संस्थाहरुविच एकता भए पश्चातको यो पहिलो अधिवेशन राम गुरुङ्गको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा “नेपाल प्रवासी आदिवासी जनजाती महासंघका” संघीय परिषद सचिव श्री मान बहादुर सावाँ प्रमुख अतिथि हुनुहुन्थ्यो भने विषेश अतिथिहरु गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दोहा च्याप्टरका सदस्य श्री करिम वक्स मिया, किराँत राई यायोक्खा शाखा दोहा कतारका अध्यक्ष श्री चन्द्रसेर राई, तमु वौद्ध सेवा समिति दोहा कतारका अध्यक्ष श्री जगन गुरुङ्ग, नेपाल प्रवासी तामाङ्ग समाज दोहा कतारका अध्यक्ष श्री शंखलाल तामाङ्ग, नेपाल पत्रकार महासंघ दोहा कतारका अध्यक्ष श्री कुमार कार्की लगाएत विभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकार, उद्योग व्यावसायी, श्रमबुद्धिजीवि, समाज सेवीहरुको उपस्थिती रहेको थियो ।
खोटाङ्ग जिल्लावाट दोहा, कतार आएर विभिन्न कारण ले निधन हुनु भएका स्वगीय खोटाङ्गहरु प्रति एक मिनेट सम्झना गरी विषेश अतिति कुमार कार्कीले दीप प्रज्वलन गरी कार्यक्रमको मुर्त रुप दिएको थियो ।
खोटाङ्ग सेवा समाज शाखा -एकीकृत) दोहा कतार द्धारा प्रकाशन गरिएको मुख पत्र “सन्देश” पत्रिकाको समिक्षा नेपाल पत्रकार महासंघ दोहा कतारका अध्यक्ष श्री कुमार कार्कीले गर्नु भएको थियो ।
उपस्थित प्रमुख अतिथि, विषेश अतिथि तथा अतिथिहरु ले खोटाङ्गका अलग अलग संस्थाहरु एकता भएकोमा खुसी व्यक्त गर्दै आगामी दिनहरुमा “फुतेर होईन जुटेर जानुपर्छ“ यसैले प्रवासी खोटाङ्गे तथा गैर खोटाङ्गेहरु लाई सबै क्षेत्रमा सहयोग मिल्नेछ भन्दै शुभ कामना दिनु भयो ।
दोस्रो चरणको कार्यक्रम अन्तरगतखोटाङ्गेहरुको वृहत उपस्थितिमा सम्पन्न भएको प्रथम अधिवेशन र्सव सहमतिय आधारमा २१ सदस्ययी कार्य समितिमा गठन गरिएको छ उक्त कार्य समिति निम्नानुसार छन् ।
अध्यक्ष श्री राम गुरुङ्ग
प्रथम उपाध्यक्ष श्री पंचमणि राई
द्धितिय उपाध्यक्ष श्री जीवन गुरुङ्ग
महा सचिव श्री लिमन्द्र राई
सचिव श्री नारायण वस्नेत
कोषाध्यक्ष श्री टंक भुजेल
सह कोषाध्यक्ष श्री हेमन्तराज भण्डारी
सदस्यहरुमा भलराज राई, पर्शुराम आचार्य, कमल रेग्मी, प्रकाश गुरुङ्ग, अविराज राई, दिपेश खनाल, ओम नारायण श्रेष्ट, तेन्जु तामाङ्ग, दोर्जे शेर्पा, भक्तराज गिरी, मिलन वानिया, नवराज घिमिरे, वम बहादुर नेपाली, देवराज मुग्राती रहेको छ ।
उक्त नव गठित नयाँ कार्य समितिको दुइ वर्षो कार्यकाल सफल रहोस भन्दै यसै संस्थाका सस्थापक सदस्य इन्द्र कुमार राई साथै अर्जुनदेव राईले शुभकाना दिनु भयो । साथै खोटाङ्गे तथा गैर खाटाङ्गेहरुलाई प्रवासमा भईपरी आउँने समस्यालाई सहयोग गर्दै खोटाङ्ग जिल्लाको समग्र विकासको निम्ति प्रवासमै वसेर भएपनि भावी विकासका कार्य योजनाहरु ल्याउन सुझाव दिनु भयो ।






Recent Comments