राजेशपायल राई -गायक मैले सांगीतिक करिअर १४ वर्षको उमेरदेखि सुरु गरेको हु । १४ वर्षको उमेरमै मैले रेडियो नेपालमा ‘सम्झनाको कुरा नगर’ बोलको गीत गाएको थिएँ । अहिलेसम्म मेरा १९ सयभन्दा बढी गीत रेकर्ड भएका छन् । मलाई मैले गाएका सबै गीत उत्तिकै राम्रा लाग्छन् । एउटी आमालाई आफ्ना सबै सन्तान राम्रा लागेझैँ एउटा गायकलाई पनि आफ्ना सबै गीत राम्रा लाग्छन् । मलाई सबभन्दा मन पर्ने मेरो गीत यही हो भन्ने छैन । सबैप्रकारका गीत गाएको छु । आजसम्म मैले कसैलाई पनि ‘यस्तो प्रकारको गीत गाउँदिनँ’ भनेको छैन । म आफूलाई भर्सटाइल गायक भन्न रुचाउँछु । मलाई आउट अफ ट्रयाकको गीत गाउन मन लाग्छ । हामी सांस्कृतिक रूपमा धेरै धनी छाँै । हाम्रा मौलिक लोकलय धेरै छन् । यसलाई अन्तर्राष्ट्रियकरण गर्ने हो भने लोकसंगीतमा हामी विश्वमा नम्बर एक हुन सक्छाँै । तर, अन्तर्राष्ट्रियस्तरमा पुर्याउनका लागि अन्तर्राष्ट्रिय मिडियामा हाम्रो पहुच छैन । अर्को, भाषाको पनि समस्या हो । मिडिया र भाषाका कारण हाम्रो संगीत अन्तर्राष्ट्रियस्तरको हुँदाहुँदै पनि आफ्नो देशमा मात्रै सीमित छ । धुन, लय आदिका हिसाबले त हामी धेरै सम्पन्न छौँ । गीत गाउनकै लागि १६/१७ मुलुक पुगेको छु । नेपालको त सबै जिल्ला घुमेको छ । यसक्रममा मैले अनेकप्रकारका फ्यान भेटे । कति त सोच्दै नसोचेका कुरा गर्छन् । क्रेज भन्ने कुरो पनि बडो अनौठो हँुदोरहेछ । ‘आई लभ यु’ भन्नेदेखि ‘तपाइंविना बाँच्न सक्दिनँ’ भन्नेसम्मका फ्यान भेटेको छु । कहिलेकाहीँ त अचम्मै लाग्छ । मेरा फ्यानका एसएमएस र फोन त कति आउँछन् कति । नेपालका सांगीतिक कार्यक्रमा धेरै मान्छे त हुने नै भए, विदेशमा समेत हजाराँै दर्शक भेटिन्छन् । विशेषगरी, खाडी मुलुकमा दर्शक सहभागिता व्यापक हुन्छ । मलेसियामा मेरो एउटा
कार्यक्रममा त १५ हजारजति मान्छे जम्मा भएका थिए । विदेशमा त्यति धेरै दर्शक देख्दा म दंगै परेकोे थिएँ । ‘दर्शन नमस्ते’ पछि मेरो नयाँ एल्बम ‘राई इज किङ’ बजारमा आउँदै छ । यसमा लोक र आधुनिक गीत छन् । अहिले म कार्यक्रमका लागि कोरिया, हङकङ, इजरायल जाने क्रममा छु । गायनबाट म पूर्ण सन्तुष्ट छु । गायनमा मेरो सबभन्दा ठूलो प्राप्ति हो- मलाई माया गर्ने मेरा श्रोता । तर, यसको मतलब मेरो सांगीतिक यात्रा एकदमै सुखद र संघर्षविहीन थियो भन्ने होइन । यहाँसम्म आइपुग्न मैले धेरै आरोह/अवरोह पार गरेको छु । धेरै दुःख पाएको छु । कति त पत्यार नै नलाग्ने दुःख पनि सहेर आएको छु । तर, मैले बेहोरेका दुःखलाई यहाँ डिटेलमा बयान गर्न म जरुरी ठान्दिनँ किनभने मलाई लाग्छ- हरेक गायकले संघर्ष र दुःखको एउटा निश्चित चरणबाट गुज्रनुपर्छ । मैले एकैदिनमा नौवटासम्म गीत रेकर्ड गरेको छु । नेपालको संगीत क्षेत्रमा यो नयाँ रेकर्ड हो । मैले तीनवटा फिल्ममा अभिनय पनि गरेको छु । अभिनय र गायन भिन्न-भिन्न क्षेत्र हुन् । यिनलाई एक-अर्कासँग तुलना गर्न सकिँदैन । निशा सुनार मेरो सांगीतिक करिअर दोहोरीबाट सुरु भएको हो । मलाई दोहोरीले नै स्थापित गरायो । मैले पाँचवटा एल्बम निकालिसकेँ । तीमध्ये तीनवटा दोहोरी गीतकै एल्बम थिए, जसले मलाई ‘निशा सुनार’ भनेर चिनायो । दोहोरीबाहेक लोकआधुनिक, आधुनिक र पपगीत पनि गाउँछु । भर्खरै आधुनिक गीतको मेरो सोलो एल्बम ‘सोलो’ बजारमा आएको छ । आधुनिक गीत पनि उत्तिकै राम्रो भयो भनेर मलाई श्रोताले प्रतिक्रिया दिएका छन् । देश-विदेशका दर्जनौँ कन्सर्टमा गीत गाएँ । कुनै ठाउँमा आधुनिक मन पराउँछन्, कुनै ठाउँमा पप र कतै दोहोरी । यसर्थ, सबैप्रकारका गीतमा दख्खल राख्नु राम्रो हो । गायक राजेशपायल राई मलाई असाध्यै मन पर्ने गायक हुन् । उनको आवाज एकदम शक्तिशाली छ । प्रस्तुति पनि उत्तिकै राम्रो हुन्छ । उनको स्टेज परर्फमेन्सबाट म असाध्यै प्रभावित छु । उनको स्वरले मान्छेलाई सजिलै तान्छ । उनको आत्मविश्वास पनि बलियो छ । व्यक्तिगत रूपमा पनि राजेश दाइ उत्तिकै सरल र मिलनसार छन् । आफूभन्दा जुनियरलाई पनि उत्तिकै सम्मान र माया गर्छन् । तर, एउटा कुरामा चाहिँ राजेश दाइ पछि पर्नुभयो । उनले समयमै घरजम गरेका भए राम्रो हुन्थ्यो । संगीत बुझेको र संगीतमा लागेकालाई माया र सम्मान गर्ने केटी बिहे गर्न उनलाई सुझाब दिन्छु । संगीत र संगीतकर्मीलाई नबुझ्ने बिहे गरियो भने एकदम गाह्रो हुन्छ । स्वयं मेरो जीवन त्यसको उदाहरण हो । मेरो श्रीमान्ले मलाई बुझ्न नसक्दा मैले उनीसँग डिभोर्स गर्नुपर्यो । शब्द/तस्बिरः श्रीधर पौडेल
स्रोत-नया पत्रिका
mevaisp@gmail.com






u r not bloody king.stop copying Dhoti,s technique.Ma raja hu bhanneharu banabas gako belama kahabata aaya yi chote Raja.Arule tapai bhanos ya nabhanos aaphai mapai.
Exelance.keep it count…….Rajesh sir.
This is not Jock Man,This is very Hard to sing a song. so keep it Count….Rajesh Sir.I hope,we will chance to listen new songs in Future
……………..Thanks.
Rajesh Ji ko gayekipan sunda, He is pakkai King ho, yesma kasaiko dui mat hudaina. Mitra Khem ji, irshya garer ke garnu ra hamile. Afailai hani matra.
Excelent Rajesh jee, go ahead….
Khem ji jasta irsyalu srotako feedbackle pani tapailai agadi jane abasar hun6, haina ra?
Ani yes newsko headline galat chhapiyeko rahe6. Malai dukha lagyo.Yekai dinma 9 wata git record garne.. hunu parnema …git gaune vayeko 6. Turunt Sachhyainu abasyek 6.
Voice fan of Rajesh payel.
Thanks 4 coment, ma pani Rajesh payalko fan nai hu.There is no doubt he is one of the top n famous singer.Mero bimati KING bhanne word ma matra ho.Maile Rajesh payalko irsya garnu parne karanai chhaina.Anyway all the best Rajesh g,keep it up.
rajesh dai hajur chai hamro khotang ko matra hoiaa sabai world kai rai ko king nai ho singar maa chai i like your all songs. Keep it best
Bhai .. aphno performance ko time ma aphno hau jimmewari fill garnu. yes you r a king.
सर्ब प्रथम सम्पूर्ण यो वेब साइट हेर्ने खोटाङ बासी लगायत बिदेस मा बस्नु हुने दाजु,भाइ र दिदी बहिनी हरुमा मेरो नमस्कार म धेरै खुशी छु किन आफ्नो जन्म भुमिको समाचार यो वेब मा हेर्न पाउदा जती टाडा भय पनि ईन्टरनेटको माध्यम बाट पद्ढ पाइरहेको छु अनी राजेश दाइको यो प्रगती ले झन खोटाङ को सान बडाउनु भयको म धन्यवाद नदिरहन सक्दिन अनी उतरउतर प्रगती को कामना पनि गर्दछु
यस्को साथै मलाई चिन्नु हुने सम्पूर्ण साथी हरु लाई मेरो यो ईमेल इड मा संपर्क गरनुहुन आग्रह गर्द्छु
मेरो ठेगाना
नयन्द्र बास्तोला
बुइपा ७ खिरी खोटाङ
हाल बिराटनगर
तर अहिले बिदेसी भयको छु
bastola_nayandra@yahoo.com
धन्यवाद जय नेपाल
HI SAMPURNA KHOTANG BHASI HARUMA NAMASKAR R YO SITE HERER BHASNU HUNE MITRA HARUMA WELCOME TO NERPALI SAPAN RAI KO (DHYAN B, RAI) 7 HELLO RAJESH DAI NAMASKAR YO NEWS PADNA PAUDA SAROI KHUSHI LAGIYO TAPAILE AAFNO MATRA NBHAI KHOTANGE KO RECRD DESH BIDESH SAMMA RAKHANU BHAKOMA M EK DAMAI KHUSHI 6U ! RAI IS THE KING KO NAME LE PARICHI HUNU BHAKOMA BADAI 6
खोटाङ नेर्पा सात
सपन राइ अर DHYAN
fida_sapanrai@yahoo.com
हाल ईराक bhaghdad
के बि आर
hye khem chhetri do u hav any capacity to copy dhotis technique????? if u hav come on N go ahead than RAJESH PAYAL why r u silent????